टावरले दिएको निर्देशन नमान्दा बिमान दुर्घटना, ४० जनाको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टावरले दिएको निर्देशन नमान्दा बिमान दुर्घटना, ४० जनाको मृत्यु



नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह १४ः१८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार रहेका थिए ।

ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।

 

बिमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार बिमानको पाइलटले टावरले दिएको निर्देशन अनुसार ल्याण्ड नगर्दा दुर्घटना भएको हो। उनका अनुसार बिमानलाई टावरबाट- डु यू ह्याव एनी प्रब्लम भनेर सोधिएको थियो। तर पाइलटले ‘आइ एम ओके’ भन्ने जवाफ फर्काए। तर ल्यान्ड गर्दा सिधा ल्यान्ड गर्नु पर्नेमा बिमान ह्याङ्गरपट्टि सोझिएको थियो। पूर्बतिरको बार भत्काउँदै खाल्डामा खसेपछि बिमानमा आगो लागेको क्षेत्रीले बताए।घाइतेको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल, थापाथलीमा उपचार भइरहेको बुझिएको छ । विमान दुर्घटनामा परी निधन भएकाहरुको विवरण आउन बाँकी छ ।

उदारको एक दृश्य

प्रकाशित : २८ फाल्गुन २०७४, सोमबार १६:५०