काठमाडाै – एनएमबी बैंकले सिङ्गापुरको अनलाईन प्रबिधिमा आधारित बीमा सेवा NMB-(i)nsurance को सुरुवात गरेको छ । नेपालको बैंकिङ क्षेत्रमै पहिलो पल्ट गरिएको यो सेवाको सुरुवातसँगै अब एनएमबी बैंकमा खाता भएका वा नभएका जोसुकै ग्राहकले इन्स्योरेन्स सेवा लिन चाहेमा बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एप्लीकेशनबाट आफ्नो आवश्यकता अनुसार बिभिन्न कम्पनीहरुको बीमा योजना तथा त्यसका फाईदाहरु तुलना गरेर आफुले रुचाएको योजना खरिद गर्न सक्नेछन् ।
सेवाको सुरुवात गर्दै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने – “यस सेवाले ग्राहकलाई कसैको प्रभावमा नपरी स्वतन्त्र रुपमा आफ्नो आवश्यकता अनुसार बिभिन्न कम्पनीहरुको बीमा योजना सजिलैसँग तुलना गरेर खरिद गर्न सहयोग गर्नुको साथै बैंकलाई डिजिटल बैंकिङ सेवामा अग्रस्थानमा पुर्याउन मद्दत गर्दछ ।








Comment