चर्कियो तामाकोसीको सेयर विवाद,विरोधमा उत्रिए स्थानीय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चर्कियो तामाकोसीको सेयर विवाद,विरोधमा उत्रिए स्थानीय



काठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोलखालीले पाउने १० प्रतिशत आरक्षित सेयर वितरण प्रणाली जनविरोधी भएको भन्दै स्थानीयले विरोधमा उत्रिएका छन् । उनीहरुले १० प्रतिशत सेयर वितरणमा क, ख र ग वर्ग बनाई ३ हजारदेखि ३० हजार रुपैयाँबीचको ठूलो अन्तर राखेर नागरिकलाई विभाजन गर्न खोजिएको भन्दै व्यवस्थापन पक्षको विरोध गर्दै प्रदर्शनसमेत गरेका छन् ।

पैसा नभएकालााई सेयर प्रमाणपत्र धितो राखेर सेयर दिने व्यवस्था मिलाउने पूर्वसहमति पनि उल्लघंन गरिएको भन्दै उनीहरुले आरक्षित १० प्रतिशत सेयर वितरणमा असन्तुष्टि जनाई जिल्ला प्रशासन कार्यालय दोलखामा ७ बुँदे माग राखी ज्ञापनपत्र बुझाएका छन् । दोलखाली जनताका तर्फबाट अघि सारिएका मागलाई १० दिनभित्र सम्बन्धित पक्षले पुरा गर्ने कोशिस नभए सर्वपक्षीय संघर्ष समिति निर्माण गरी सशक्त आन्दोलन चर्काउने उनीहरुको चेतावनी छ ।

प्रकाशित : २३ फाल्गुन २०७४, बुधबार १३:२३