यी हुन सर्बाधिक कमाउने र गुमाउने कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यी हुन सर्बाधिक कमाउने र गुमाउने कम्पनी



काठमाडाै । शेयर बजार आज तेस्रो दिन बढेको छ । आज बजार परिसूचक नेप्से ८.७० अंकले बढेर १२९६.४४ को उचाईमा पुगेर रोकिएको छ । तिब्र उतार चढाव देखिएको आजको बजार हरियो भएर बन्द भएको हो ।

आज कारोबारमा आएका १६४ कम्पनीका १४ लाख ४० हजार ८ सय ८४ कित्ता शेयर खरिद बिक्रिबाट ४७ करोड ९९ लाख ८५ हजार ९ सय ९२ रुपियाँको कारोबार भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै २ करोड ५२ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक शेयर, नबिल बैंक, एनसीसी बैंक संस्थापक शेयर लगायत रहेका छन् ।

आज कारोबारमा आएका होटेल र अन्य समुह बाहेकका सबै समुहगत सुचक बढेका छन् ।

आज सुर्योदय लघुवित्तको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने नागबेली लघुवित्तको शेयर मूल्य ६.१३ प्रतिशतले बढेको छ । त्यस्तै आज स्वोदेशी लघुवित्तका लगानीकर्ताले ५.६४ प्रतिशत, ललितपुर फाइनान्सका लगानीकर्ताले ५.५९ प्रतिशत तथा नेरुदी लघुवित्तका लगानीकर्ताले ५.५४ प्रतिशत कमाएका छन् ।

आजको कारोबारमा ओरियन्टल होटेलका लगानीकर्ताले सर्बाधिक ९.९२ प्रतिशत तथा वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सका लगानीकर्ताले ६.७७ प्रतिशत गुमाएका छन् । त्यस्तै ङ्दी पावर ग्रुपको शेयर मूल्य ६.०७, ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य ५.८० तथा एनएमबि माइक्रोफाइनान्सको शेयरमूल्य ५.७४ प्रतिशत घटेको छ ।

प्रकाशित : २२ फाल्गुन २०७४, मंगलवार १६:३३