प्रदेश नं ७मा कस्ले के जिम्मेवारी पाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रदेश नं ७मा कस्ले के जिम्मेवारी पाए ?



धनगढी । प्रदेश नं ७ को अाइबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारभित्र रहने विभिन्न समितिको नेतृत्वको जिम्मेवारी तोकेको छ ।

बैठकले राजनीतिक समितिको नेतृत्व सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक र पूर्वाधार विकास समितिको नेतृत्व आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह र प्रशासन तथा विधेयक समितिको नेतृत्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिं बोहराले गर्ने निर्णय भएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए ।

बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ र कार्य सम्पादन नियमावली २०७४ अनुरुप विषयगत मन्त्रालयहरूले प्राथमिकता तोकेर कार्ययोजना समेत बनाई तत्काल लागु गर्दै जाने निर्णय गरेको छ ।

यस्तै बैठकले प्रदेश सरकारका भवन र निवास सवारी साधन लगायतको समन्वय, व्यवस्थापन र अनुगमन गर्न भौतिक पूर्वाधार विकास मन्त्रीलाई जिम्मेवारी दिने र प्रदेश सरकारका निकायमा खटिने कर्मचारीको व्यवस्थापन र समन्वय गर्न आन्तरिक मामिला तथा कानून मन्त्रीलाई र प्रदेशका सहरी क्षेत्रमा सवारी साधनको समुचित व्यवस्थापनमा ध्यान दिन भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्य क्षेत्रको अनुगमन सामाजिक विकास मन्त्रीलाई जिम्मेवारी दिने निणर्य समेत गरेको छ ।

प्रकाशित : १६ फाल्गुन २०७४, बुधबार १८:०५