राष्ट्रिपतिले काँग्रेसलाई पाखा लगाउन मिल्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिपतिले काँग्रेसलाई पाखा लगाउन मिल्छ ?



काठमाडाै । नेपाली कांग्रेसले केपी शर्मा ओली सरकारले राष्ट्रियसभामा गरेको तीन सदस्यको नाम सिफारिसमा आपत्ति जनाएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएका हुन् ।

देउवा सरकारले गरेको सिफारिस रद्द गर्दै केपी ओली सरकारले मंगलबार तीन सदस्य सिफारिस गरेको छ । यसलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकार गरेर राष्ट्रिय सदस्यमा मनोनित गरेकी छन् ।

 

कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयबारे नयाँ सरकारले गर्ने निर्णयहरुका आधारमा सम्वन्ध परिभाषित हुने बताएको छ ।

शर्माले अघि भने, ‘अघिल्लो सरकारका निर्णयहरुका सन्दर्भमा अहिलेको सरकारले लिने निर्णय र राख्ने व्यवहारअनुरुप हाम्रो सम्वन्ध परिभाषित हुन्छ ।’

राष्ट्रियसभाका तीन सदस्यका लागि अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिएर नयाँ नाम पठाएकोमा कांग्रेसले आपत्ति जनाएको छ ।

प्रकाशित : ८ फाल्गुन २०७४, मंगलवार १७:४७