राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेद्धारा राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेद्धारा राजीनामा



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले पदबाट राजीनामा दिएका छन् । नयाँ सरकार गठन भएसँगै वाल्लेले राजीनाम दिएका हुन । सरकारको आर्थिक सल्लाकारका रुपमा रहेको आयोग नयाँ सरकार गठनसँगै राजीनामा दिने प्रचलन छ । सुशिल कोइरालाले उनलाई विश्व बैंकमा कार्यरत रहेका वाग्ले आयोगमा सदस्यमा नियुक्त  गरेका थिए ।

प्रचण्ड नेतृत्वको सरकारले पनि उनलाई सदस्यमा पुन नियुक्त दिएको थियो । देउवा प्रधानमन्त्री भएको केहि समयपछि वाग्लेलाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेका थिए । वाग्लेले आइतबारै प्रधानमन्त्री केपी ओलीलाई भेटि राजीनामा दिने बताएका छन् । करिब ६ महिना उपाध्यक्ष रहेका वाल्लेले आफ्नो कार्यकालमा आयोगलाई पुनसंरचना गर्दै आयोगलाई थिङ्क ट्याङ्कका रुपमा अगाडि बढाउने काम गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको खण्डमा आजै राजीनामा दिने उनले बताए । गत साउन १९ गते उपाध्यक्षमा नियुक्त भएका वाग्लेको कार्यकाल साढे ६ महिनाको रह्यो । काँग्रेस नेतृत्वको सरकार गठनसँगै वाग्ले उपाध्यक्षमा नियुक्त भएका थिए । राजनीतिक नियुक्ति रहने यो पदमा सो अघि माओवादी नेतृत्वको सरकारबाट डा। मिनबहादुर श्रेष्ठ उपाध्यक्ष थिए । कांग्रेस र माओवादीले आलो पालो सरकार सञ्चालन गरेसँगै उपाध्यक्षमा पनि आलोपालो राजनीतिक नियुक्ति भएको थियो ।

डा वाग्लेको समयमा आयोगले बाढि प्रभावितहरुको निड एसेसमेन्ट सर्भे र एमपीआई सूचकको माध्मबाट गरीबीको दरको मूल्यांकन सुरु गरेको छ । गरीबीको मूल्यांकनको यहि विधि आगामी दिनमा पनि प्रचलनामा रहने बताइएको छ । मुलुक संघीयतामा गएसँगै हाल राष्ट्रिय योजना आयोगको पनि पुनरसंरचनाका बहसहरु चलेका छन् ।

प्रकाशित : ६ फाल्गुन २०७४, आईतवार १५:००