सेञ्चुरी कमर्शियल बैंक र महालक्ष्मी विकास बैंकमा अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

सेञ्चुरी कमर्शियल बैंक र महालक्ष्मी विकास बैंकमा अवसर



सेञ्चुरी कमर्शियल बैंक र महालक्ष्मी विकास बैंकले शाखा प्रवन्धकदेखि ट्रेनी समेतलाई गरी रोजगारी खुलाएका हुन् । सेञ्चुरीले विभिन्न तहका लागि २१४ र महालक्ष्मीले पनि ५० जनाको हारहारीमा जागिर खुलाएका छन् ।

सेन्चुरीले सहायक प्रवन्धक २, वरिष्ठ अधिकृत १३, अधिकृत २३, सहायक अधिकृत ३६, सुपरभाइजर १८, वरिष्ठ सहायक २४ सहायक अपरेसन इनचार्ज ४, म्यानेजमेन्ट ट्रेनी १९ र ट्रेनी सहायक ७५ जना नियुक्त गर्ने बैंकले जनाएको छ ।

सहायक ट्रेनी राजधानी र बाहिर पनि जानुपर्ने छ । दरखास्त मेरो जव डटकममा दिनुपर्ने छ । दरखास्त दिने अन्तिम मिति फागुन १३ गतेलाई तोकिएको छ ।

यस्तै महालक्ष्मीले केही शाखा प्रवन्धक र सुपरभाइजरका लागि दरखास्त मागेको छ । यस्तै बैंकस्योरेन्स अधिकृत १ जना, बजार अधिकृत १, म्यानेजमेन्ट ट्रेनी २०, जुनियर सहायक केही र कार्यलय सचिव गरी झण्डै ५० जनाका लागि दरखास्त खुलाएको बैंकले जनाएको छ ।

दरखास्त दिने अन्तिम मिति आउदो मार्च ४ गतेसम्म तोकिएको छ । काठमाडौं र उपत्यका बाहिर दुर्गम जिल्लाका लागि जागिर खुलाएको हो । अनुभवीलाई प्राथमिकता दिएको बैंकले जनाएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७४, आईतवार ११:२१