सरकार गठनको उद्देश्य पूरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सरकार गठनको उद्देश्य पूरा



काठमाडौ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्ले आफ्नो उद्देश्य पूरा गरेको निष्कर्ष निकालेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने सबैमा धन्यवादसमेत दिएको बैठकपछि खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

उहाँले संविधान कार्यान्वयन गर्ने प्रमुख कार्य स्थानीय निकाय तथा प्रदेश÷प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने सरकारको प्रमुख कार्यभार सम्पन्न गर्न सफल भएको बैठकले निष्कर्ष निकालेको बताए ।

प्रधानमन्त्री देउवाले आज नै देशवासीको नाममा सम्बोधन  गरि सकेका छन भने  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा  शितल निवास जादै छन ।

प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार ११:२७