भार्गव विकास बैंकको हकप्रद भर्ने अाज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भार्गव विकास बैंकको हकप्रद भर्ने अाज अन्तिम दिन



काठमाडाै । भार्गव विकास बैंकको हकप्रद भर्ने आज पुस १४ गते अन्तिम दिन रहेको छ । बैंकले कार्तिक २४ गतेदेखि १०:८ को अनुपातमा ८० प्रतिशत हकप्रद निष्काशन गरेको हो । बैंकले २१ लाख १२ हजार कित्ता हकप्रद निष्काशन गरेको हो । यस अघि बैंकले मङ्सिर २८ गतेसम्म हकप्रद भर्न सक्ने जनाएकोमा पछि म्याद थप गरी आज पुस १४ गतेसम्म हकप्रद भर्न सकिने जनाएको थियो ।

हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले कार्तिक १५ गते बुक क्लोज मिति तय गरेकाले कार्तिक १४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । हकप्रद निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

लगानीकर्ताले एनएमबी क्यापिटलको कार्यालय नागपोखरी, भार्गव विकास बैंकको शाखाहरु र एनएमबी बैंकको निम्न शाखाहरुबाट आवेदन दिन सक्ने छन् ।

हाल बैंकको चुक्ता पुंजी २६ करोड ४० लाख रहेकोमा हकप्रद निष्काशनपछि चुक्ता पुंजी ४७ करोड ५२ लाख पुग्ने छन् ।

प्रकाशित : १४ पुष २०७४, शुक्रबार १०:४९