एजेन्सी । हाम्रो जीवनशैली र आचरणबारे विभिन्न शास्त्रहरूमा अनेक व्याख्या गर्ने गरेको पाइन्छ । आज हामी समुद्रशास्त्रमा उल्लेख भएका केही कुरा तपाईंलाई बाँड्दैछौं ।
उक्त शास्त्रमा कस्ता महिलासँग संगत गर्ने भन्नेबारे व्याख्या गरिएको छ । शास्त्रअनुसार केही खास गुण भएका महिलासँग संगत गरे पुरुषको भाग्य खुल्ने बताइएको छ । अर्थात्, त्यस्ता पुरुष भाग्यमानी हुने बताइएको छ ।
त्यस्ता युवतीलाई साथी बनाए वा प्रेम गरे वा बिहे गरे घरमा लक्ष्मीको बास हुने बताइएको छ । र, ती पुरुषको भाग्य पनि चम्किने शास्त्रमा उल्लेख छ । कान, ओठ र निधारको बीच भागमा कोठी भएका युवती ।
खुट्टाको बूढीऔंला मोटो, उठेको तथा गोलो भएका युवती ।
शिर अलिकति अघिल्तिर उठेका युवती ।
हातको नङ पातला भएका युवती ।
कान रातो–रातो भएकी र आँखाको तल्लो भाग हल्का सेतो भएका युवती ।
समतल पैताला भएका युवती ।
रातो र चिल्लो जिब्रो भएका युवती ।
छोटो गर्धन भएका युवती ।
हात लामा–लामा भएका युवती ।
नाइटो गहिरो भएका युवती ।
Comment