एनआईसी एशियाको शाख बाजुरा मार्तडीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एशियाको शाख बाजुरा मार्तडीमा



काठमाडौं । एनआईसी एशिया बैंकले बाजुरा शाखाको मार्तडीमा शाखा खोलेको छ । बैंंकले बडीमालिका नगरपालिका– ८ मार्तडीमा शाखा खोलेको हो ।

बैंकको नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल र बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालले उद्घाटन गरेका छन् ।

‘साथी सँगै सक्षम बन्दै’ भन्ने नाराका साथ अगाडी बढाईएको यस सहकार्यबाट बैंकले अङ्गिकृत गरेको ‘बैंक पनि, साथी पनि’ भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास लिएको छ । बैंकले मार्तडी शाखा अतिरिक्त जिल्लामा थप तीन शाखारहित बैंकिङ्ग सेवा स्थापना गर्ने जनाएको छ ।

कार्यक्रममा राष्ट्र बैंककका कार्यकारी निर्देशक पौडेलले ग्रामिण तथा दुर्गम स्थानका जनताहरुबिच बैकिङ्ग पहुँच अभिबृद्दि गर्ने कार्यमा सक्षम तथा एनआईसी एसिया बैंकको साझेदारीसहितको कार्यक्रमले सम्पुर्ण क्षेत्रमा बैंकको पहुँच पु¥याउने सरकार तथा नेपाल राष्ट्र बैंकको नितीलाई थप सहज बनाएको धारणा राखे ।

बाजुरा शाखाको उद्घाटनसँगै नेपाल भरी १ सय ४९ शाखा कार्यालयहरु र १ सय ४१ एटिएम काउन्टर रहेको जनाएको छ ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १४:४७