काठमाडौं । ओम डेभलपमेन्ट बैंकले संस्थापक र साधारण समूहको हकप्रद सेयर लिलामी गर्ने भएकाे छ । बैंकको संस्थापक र साधारण गरी २ लाख ५२ हजार ६६९ कित्ता हकप्रद पुस ९ गते लिलामी गर्न लागेको हो ।
जसअनुसार संस्थापकको ४६ हजार ८२ र साधारणको २ लाख ६ हजार ५८७ कित्ता हकप्रदको आवेदन नपरेपछि लिलामीबाट बिक्री गर्न लागेको हो । चुक्तापुँजी बढाउन ओमले हकप्रद सेयर निष्कासन गरेको थियो ।
Comment