दैनिक ९ रुपैयाँ भन्दा पनि थोरै बचतमा १० लाखको बिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दैनिक ९ रुपैयाँ भन्दा पनि थोरै बचतमा १० लाखको बिमा



काठमाडाै । जिबन बिमा व्यवसाय संचालन गर्दै आएको एसियन लाइफ इन्स्योरेन्सले दैनिक ९ रुपैयाँ भन्दा पनि थोरै बचतमा १० लाखको बिमा गर्न सकिने गरि ‘सरल सुरक्षा’ बिमा योजना ल्याएको छ।

एसियन लाइफले ‘जन जनमा सुरक्षा सरल सुरक्षा’ नारा दिइ यस्तो आकर्षक योजना ल्याएको हो। दैनिक ९ रुपैयाँ भन्दा पनि थोरै बचतमा १० लाखको जिबन बिमा गर्न सकिने कम्पनीले जनाएको छ।

दैनिक ९ रुपैयाँका दरले बचत गरि एकैपटक एक वर्षको ३ हजार २ सय ५० रुपैयाँ बीमाशुल्क तिर्ने हो भने भने वर्षभरीको १० लाख रुपैयाँ बराबरको बीमा गर्न सकिनेछ। यद्दपी बिमितले आफ्नो आर्थिक क्षमता अनुसार २ लाख ५० हजार देखि १ करोड भन्दा माथिको बिमा गर्न सक्नेछन।

जस्तो दैनिक ९ रुपैयाँका दरले इन्स्योरेन्सलाई एकैपटक १ वर्षको ३ हजार २ सय ५० रुपैयाँ बीमाशुल्क तिर्ने बिमितले वर्षभरीको १० लाख रुपैयाँ बराबरको बीमा सुविधा पाउनेछ।

यस योजनामा सहभागी हुनेको बीमा अबधिभित्र मृत्यु भयो भने बीमा कम्पनीले बिमीतको परिवारलाई बिमांक रकम भुक्तानी गर्नेछ। तर बिमा अवधि भित्र बिमित जिवितै रह्यो भने उसलाई कुनै रकम प्रदान गरिनेछैन। त्यस्तै यस योजना अन्तर्गत बिमितले कुनै समर्पण मुल्य तथा कर्जा पाउने छैन।

जीवन बीमाका लक्षित ग्राहक वर्गहरुको रुचीलाई मध्यनजर गरी ‘सरल सुरक्षा (म्यादी जीवन बीमा योजना’ नामक नयाँ योजना ल्याएको कम्पनीको भनाइ छ।

सानो बचतले पनि बीमा सम्भव छ भन्ने सन्देश बीमाका ग्राहकसम्म पुर्याउन यस्तो योजना ल्याईएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले बताए।

कम्तिमा १६ वर्ष र बढीमा ६० वर्ष उमेर भएका सर्वसाधारणले यो जीबन बीमा योजनामा सहभागी हुन सक्नेछन् । यो बीमा योजनाको अबधि १ वर्षको हुनेछ । र, न्यूनतम २ लाख ५० हजार रुपैयाँसम्मको बीमा गराउन सकिनेछ । जसका लागि दैनिक ३/४ रुपैयाँ बचत गरे पुग्छ ।

उमेर अनुसारको बीमाशुल्क भुक्तानी गरी प्रत्येक बर्ष बीमालेख नबिकरण गराउन सकिने ब्यवस्था कम्पनीले जनाएको छ । यस अघि एशियन लाईफले १५ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । हाल यस कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरुबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा पुर्याउदै आएको छ ।

प्रकाशित : २८ कार्तिक २०७४, मंगलवार ०९:२१