युनिलिभरको नाफा ७७ प्रतिशत बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनिलिभरको नाफा ७७ प्रतिशत बढ्यो



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको खुदनाफा ७७ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा कम्पनीको खुदनाफा बढेर ३० करोड १७ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा १७ करोड २ लाख रुपैयाँ मात्र थियो । गत आवको तुलनामा यो आवमा युनिलिभरको नाफा १३ करोड रुपैयाँ बढेको छ ।
कम्पनीको नाफामा बढोत्तरी भएपछि प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर ३२८ रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा युनिलिभरको नाफा १८५ रुपैयाँ थियो । युनिलिभर सबैभन्दा बढी ईपीएस भएको कम्पनी हो ।

समीक्षा अवधिमा युनिलिभरको आम्दानी ९५ प्रतिशत बढेर १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ६ अर्ब ४३ करोड ३७ लाख रुपैयाँ मात्र आम्दानी थियो ।

प्रकाशित : २८ कार्तिक २०७४, मंगलवार ०९:१०