सनराइजले १५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सनराइजले १५ प्रतिशत लाभांश दिने



काठमाडौं। सनराईज बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले हकप्रदमा नबिकेको सेयर लिलामी गरेपछि त्यसलाई खरिद गर्ने लगानीकर्तालाई समेत लाभांश दिने जनाएको छ ।

सनराइजको प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभामा पेस गरिने छ । साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गरिनेछ । बैंकको गत बर्षको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा थियो ।

प्रकाशित : ३१ भाद्र २०७४, शनिबार १२:४४