बचत ऋण सहकारीमा मर्जरको लहर, काठमाडाैका पाँच सहकारी मर्जरमा जाने सैद्वान्तिक सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बचत ऋण सहकारीमा मर्जरको लहर, काठमाडाैका पाँच सहकारी मर्जरमा जाने सैद्वान्तिक सहमति



काठमाडौं । काठमाडौंमा सञ्चालित पाँचवटा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु एकीकरण हुने भएका छन् । सहभागिता सकोस, आमा साकोस, जीविकोपार्जन साकोस, पिसल्यान्ड साकोस र शिक्षा साकोस एकीकरण गर्ने सैद्वान्तिक सहमति जनाएका छन् ।

आइतबार सम्पन्न संयुक्त छलफलपश्चात सहकारी एकीकरण गर्ने सहमति भएको पिसल्यान्ड साकोसका अध्यक्ष नवराज अर्यालले जानकारी दिए । वित्तीय क्षमता, प्रभावकारी सञ्चालन, प्रतिष्पर्धात्मक स्थान, कर्मचारीको सन्तुष्टी र सदस्यको गुणस्तरीय जीवनका लागि एकीकरण प्रक्रिाया सुरु गरिएको अर्यालले जानकारी दिए।

एकीकरणका लागि सहभागिता साकोसका अध्यक्ष परितोष पौड्याल, आमा साकोसका अध्यक्ष रामबाबु कटुवाल, जीविकोपार्जन साकोसका अध्यक्ष सीता ढुंगाना, पिसल्यान्ड साकोसका अध्यक्ष नवराज अर्याल, शिक्षा साकोसका अध्यक्ष शरद वाग्लेबीच हस्ताक्षर भएको छ ।

प्रकाशित : २६ भाद्र २०७४, सोमबार १५:०९