काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (samata microfinance bittiya sanstha ltd.) ले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको भदौ २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस र ११.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृतीपछि लगानीकर्तालाई वितरण हुनेछ ।
Comment