काठमाडौं । एनआईसी एसिया बैंकको २० औ वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ । सभाले गत आर्थिक वर्ष ०७३/०७४ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने छ ।
गत आवमा गरको नाफाबाट सेयरधनीलाई २० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव सभाले स्वीकृति गर्ने छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो ।
Comment