काठमाडौं । दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपमा शुरु हुने स्टक क्लियरेन्स मेलाको तयारी पुरा भएको छ । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलालाई इभेन्ट सोलुसनले गर्न लागेको हो ।
भाद्र २१ गतेदेखि २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार गरिनेछ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम एफिलियन्सका स्टलहरु रहने छन् । एक सय भन्दा धेरै स्टलहरु रहेको यो मेलामा सहभागि सबै एक्जीबिटर ब्रिफिङ गरिसकिएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए ।
इभेन्ट सोलुसनका संयोजक जोशीले दशैंका लागि आबस्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकैठाउँबाट बिशेष छुटमा पाइने बताए । ६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोक जोशीले बताए ।
मेला अबधीभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ । मेलामा इकमर्स पार्टनर बनेको saparva.com ले अनलाइन सेवा पनि उपलब्ध गराएको छ ।
Comment