काठमाडाै । नेशनल हाइड्रोपावर कम्पनीले ७ सदस्यीय नयाँ संचालन समिति चयन गरेको छ । कम्पनीको मंगबार सम्पन्न २०औं वार्षिक साधारणसभाले नयाँ संचालक समिति चयन गरेको हो ।
नव निर्वाचित सदस्यमा निवर्तमान अध्यक्ष कुमार पाण्डे, विश्वेश्वर सुवेदी, नवराज नेपाल, वासुदेवप्रसाद गौतम, सोमनाथ सापकोटा, एल्सन श्रेष्ठ र शर्मिला शर्मा छन ।
संचालकमा चयन भएका पाण्डे र सुवदी पुरानै अनुहार हुन भने ५ जना नयाँ छन । नवनिर्वाचित संचालकबाट अध्यक्ष र कार्यकारी निर्देशक चयन हुने कम्पनीले जनाएको छ ।
नेशनल हाइड्रोपावर कम्पनीले निर्माण गरेको साढे ७ मेगावाटको इन्द्रावती तेस्रो संचालनमा छ ।
Comment