अनलाइनको व्यापार तथा व्यवसाय विस्तारको काम गर्न केही जनशक्ति आवश्यक भएकाले अनलाइनको बिज्ञापन शाखामा काम गर्न ईच्छुक निम्नलिखित योग्यता पुगेको व्यक्तिले आफ्नो व्यक्तिगत विवरण (बायो डाटा) सहित [email protected] मा निवेदन पठाउन सक्नुहुन्छ ।
पद : मार्केटिङ अफिसर – १
- अर्थबजार डटकम आवश्यक विज्ञापन सामग्री खोज्ने ।
- व्यवस्थापनसँगको सहकार्य तथा समन्वयमा अलाइनका लागि योजना बनाउने र सोही अनुसार काम गर्ने ।
- विज्ञापन एजेन्सी तथा विज्ञापनदाता व्यावसायिक, व्यापारिक प्रतिष्ठान, विभिन्न संघ संस्था, सरकारी–अर्ध सरकारी कार्यालय, संस्थानहरु, विभिन्न संगठित संस्था, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुसंग समन्वय गर्ने ।
- बिज्ञापनदाता संघ संस्थाहरुको डिजिटल मार्केटिङ योजनाहरुको जानकारी राख्ने र उपयुक्त समयमा आफ्नो प्रस्ताव पेश गर्ने ।
- बजार व्यवस्थापन वा सम्वन्धित विषयमा स्नातक तह उत्तिर्ण वा अध्ययनरत ।
- विज्ञापन बजार तथा अनलाइन मिडिया मार्केटिङको ज्ञान भएको ।
- गुगल एनालाइटिक्स, फेसबुक इन्साइट्सको बारेमा सामान्य ज्ञान भएको ।
- इन्टरनेट, इ–मेल र एक्सेल चलाउन दक्ष ।
- अनलाइन मिडिया मार्केटिङको अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ ।
Comment