काठमाडाै २९ असार । असार ३१ गतेदखि साउन २ गतेसम्म राजधानीका विभिन्न स्थानमा ५ घण्टासम्म बिद्युत आपूति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले बिजुली वितरण प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया थाल्ने भएकाले विभिन्न स्थानमा बिद्युत आपूर्ति बन्द हुने भएको हो ।
प्राधिकरणले पहिलो चरणमा राजधानीको नयाँवानेश्वरस्थित सवस्टेशनमा परीक्षणको रुपमा आधुनिकीकरणको काम थालेको छ । सोहि कार्य गर्नको लागि असार ३१ गतेदखि साउन २ गतेसम्म विभिन्न स्थानमा ५ घण्टासम्म बिद्युत आपूति बन्द हुने भएको हो ।
जस अनुसार असार ३१ गते शनिवार बाग्मति धोविखोला क्षेत्रमा विहान ८ बजेदेखि दिउँसो साढे १२ बजेसम्म, बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र शंखमुल क्षेत्रमा दिउँसो साढे १ देखि साँझ ६ बजेसम्म बिजुली आपूर्ति बन्द हुनेछ ।
त्यस्तै साउन १ गते शनिबार एयरपोर्ट र ललितपुरको लुभु क्षेत्रमा बिहान ८ देखि दिउसो साढे १२ बजे, साउन २ गते बानेश्वर र कोटेश्वर क्षेत्रमा बिहान ८ देखि दिउसो साढे १२ बजेसम्म आपूर्ति बन्द हुने छ ।
प्राधिकरणले परम्परागत प्रणालीलाई प्रतिस्थापन गर्न थालेको हो । नयाँवानेश्वरस्थित सवस्टेशनमा सफल परीक्षण भएपछि अन्य सवस्टेशनलाई आधुनिकीकरण गर्ने प्राधिकरणको योजना छ ।आधुनिकीकरणपछि सो सवस्टेशको सम्पुर्ण जानकारी कम्प्युटरमा रेकर्ड रहनेदेखि प्रणाली प्रभावकारी रुपमा सञ्चालन हुने बताईएको छ ।
Comment