नेफ्स्कूनको ३५औं वार्षिक साधारण सभा पुष ३ गते, सभामा सहकारी बैंकको प्रस्ताव पनि पेस हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
६ मंसिर २०८३, आइतबारSunday, November 22, 2026

मुख्य समाचार

नेफ्स्कूनको ३५औं वार्षिक साधारण सभा पुष ३ गते, सभामा सहकारी बैंकको प्रस्ताव पनि पेस हुने

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)को ३५ औं बार्षिक साधारण सभा पौष ३ गते, शुक्रबार हुने भएको छ । संघको मंसिर १ गते बसेको बैठकले संघको ३५औं वार्षिक साधारण सभा पौष ३ गते जर्मन होम्स, भक्तपुर गर्ने निर्णय गरेको हो । संघले सूचना प्रकाशन गरी साधारणसभामा प्रस्तावित सहकारी बैंकको विषयलगायत १२ वटा विषयको प्रस्ताव पेस हुने जनाएको छ ।

साधारणसभामा उपस्थितिका लागि आर्थिक वर्ष ०८२र८३ को नवीकरण, २०८३ मंसिर महिनासम्मको नियमित बचत जम्मा गरीसकेको हुनुपर्ने जनाएको छ । साथै आ।व। ०८२र८३ सम्मको लेखापरीक्षण प्रतिवेदन, साधारण सभाको निर्णय एवं वार्षिक प्रगति प्रतिवेदन मंसिर २५ भित्र संघको सदस्य सूचना प्रणालीमा पेश गरिदिनुहुन समेत सघले अनुरोध गरेको छ ।

साधारणसभामा छलफल तथा निर्णयार्थ प्रस्तुत गरिने प्रस्तावहरूः

१, निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयन सम्बन्धमा
२, आर्थिक वर्ष ०८२ / ८३ को वार्षिक प्रगति प्रतिवेदन र आव ०८३ / ८४ को प्रस्तावित नीति तथा कार्यक्रम सम्बन्धमा,
३, आर्थिक वर्ष ०८२ / ८३ को आर्थिक प्रतिवेदन र आव ०८३ / ८४ को प्रस्तावित बजेट सम्बन्धमा,
४, आर्थिक वर्ष ०८२ / ८३ को लेखापरिक्षण प्रतिवेदन पारित गर्ने सम्बन्धमा,
५, आर्थिक वर्ष ०८२ / ८३ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति सम्बन्धमा,
६, संघका आन्तरिक कार्यविधिहरू पारित गर्ने सम्बन्धमा,
७, आव ०८३ / ८४ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा,
८, गैरबैंकिङ्ग सम्पत्ती विक्री वितरण गर्न अख्तियारी प्रदान गर्ने सम्वन्धमा,
९, नियमनकारी निकायबाट प्राप्त निर्देशन सम्बन्धमा,
१०, प्रस्तावित सहकारी बैंक सम्बन्धमा,
११, सदस्यले पेश गरेको प्रस्ताव सम्बन्धमा,
१२, संकल्प प्रस्तावहरू,

प्रकाशित : ४ मंसिर २०८३, शुक्रबार १४:१७ 20 November, 2026 2:17 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।