काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको कात्तिक १६ गते सोमबार बसेको सञ्चालक समिति बैठकले कायम चुक्तापुँजीको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
घोषित लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर रहेको छ भने बाँकी ०.६८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालक समितिबाट प्रस्तावित लाभांश सम्बन्धित साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।





Comment