पवनकुमार श्रेष्ठ नाडेप लघुवित्तको सीईओमा नियुक्त, कात्तिक १६ देखि कार्यभार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पवनकुमार श्रेष्ठ नाडेप लघुवित्तको सीईओमा नियुक्त, कात्तिक १६ देखि कार्यभार



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको २४८औं बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार उनको नियुक्ति कात्तिक १६ गतेदेखि लागू हुनेछ। श्रेष्ठलाई दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी दिएका छन्।

प्रकाशित : 29 October, 2026 1:24 pm