काठमाडौं । हुवावेले नेपाली बजारमा नयाँ स्मार्टवाच सिरिज HUAWEI WATCH GT 7 सार्वजनिक गरेको छ। कम्पनीले WATCH GT 7 र WATCH GT 7 Pro गरी दुई मोडल बजारमा ल्याएको हो। प्रिमियम डिजाइन, स्वास्थ्य निगरानी प्रणाली र आउटडोर खेलकुद ट्र्याकिङ सुविधालाई प्राथमिकता दिइएका यी स्मार्टवाचको मूल्य क्रमशः ४४ हजार ९९० रुपैयाँ र ६४ हजार ९९० रुपैयाँ तोकिएको छ।
आधुनिक जीवनशैली, फिटनेस र साहसिक गतिविधिलाई लक्षित गरी ल्याइएका यी स्मार्टवाचमा उन्नत जीपीएस प्रविधि, स्वास्थ्यसम्बन्धी विभिन्न फिचर तथा लामो समयसम्म टिक्ने ब्याट्री समावेश गरिएको कम्पनीले जनाएको छ।
ट्रेकिङदेखि साइकलिङसम्मका लागि विशेष सुविधा
WATCH GT 7 Pro मा एयरोस्पेस ग्रेड टाइटेनियम एलोय केस, नानो टेक्नोलोजी सिरेमिक बेजेल र नीलमणि (स्याफायर) ग्लासको सुरक्षा दिइएको छ। यसमा १.४७ इन्चको एमोलेड डिस्प्ले छ, जसले अधिकतम ३ हजार निट्ससम्मको ब्राइटनेस प्रदान गर्छ। यसले घाम लागेको बाहिरी वातावरणमा समेत स्क्रिन स्पष्ट देख्न सहयोग गर्छ।
हुवावेको सनफ्लावर पोजिसनिङ सिस्टम र डुअल-ब्यान्ड जीपीएस प्रविधिले यात्राको मार्गलाई सटीक रूपमा ट्र्याक गर्न सहयोग गर्छ। ट्रेल रनिङ मोडमार्फत प्रयोगकर्ताले उचाइ, गति, उकालो–ओरालोको ढलान, दूरी र मुटुको धड्कनसम्बन्धी जानकारी प्राप्त गर्न सक्छन्।
हाइकिङ, ट्रेकिङ तथा अन्य आउटडोर गतिविधिमा रुचि राख्ने प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको यस स्मार्टवाचमा साइकलिङ र गल्फका लागि समेत विशेष सुविधा छन्। साथै, ४० मिटरसम्मको गहिराइमा फ्रिडाइभिङ गर्न सहयोग गर्ने सुविधा पनि समावेश गरिएको छ।
स्वास्थ्य निगरानी र २१ दिनसम्मको ब्याट्री क्षमता
WATCH GT 7 Pro मा ईसीजी विश्लेषण, मुटुको धड्कन निगरानी, रगतमा अक्सिजनको मात्रा मापन, निद्रा विश्लेषण, हार्ट रेट भेरिएबिलिटी (एचआरभी) ट्र्याकिङ र तनाव निगरानीलगायतका सुविधा उपलब्ध छन्।
यसमा रहेको फिजिकल रेडिनेस स्कोरले शरीरको रिकभरी अवस्था र दैनिक गतिविधिका लागि प्रयोगकर्ता कत्तिको तयार छन् भन्ने बुझ्न सहयोग गर्छ। ११० भन्दा बढी वर्कआउट मोड उपलब्ध भएकाले विभिन्न फिटनेस लक्ष्यअनुसार व्यायाम तथा शारीरिक गतिविधि ट्र्याक गर्न सकिन्छ।
ब्याट्री क्षमताका हिसाबले पनि यस स्मार्टवाचलाई विशेष मानिएको छ। कम्पनीका अनुसार प्रयोगको अवस्थाअनुसार हल्का प्रयोगमा २१ दिनसम्म र सामान्य प्रयोगमा १२ दिनसम्म ब्याट्री टिक्न सक्छ। ट्रेल रनिङ मोडमा भने ५१ घण्टासम्म प्रयोग गर्न सकिन्छ।
यो स्मार्टवाच एन्ड्रोइड र आईओएस दुवै अपरेटिङ सिस्टम भएका डिभाइससँग प्रयोग गर्न सकिन्छ।
कुन मोडलको मूल्य कति ?
WATCH GT 7 को ४६ एमएम भेरिएन्ट कालो र पहेँलो रङमा उपलब्ध छ भने ४१ एमएम भेरिएन्ट गुलाबी रङमा उपलब्ध छ। यसको मूल्य ४४ हजार ९९० रुपैयाँ तोकिएको छ।
त्यस्तै, WATCH GT 7 Pro को ४६ एमएम भेरिएन्ट कालो, हरियो र पहेँलो रङमा उपलब्ध छ। यसको मूल्य ६४ हजार ९९० रुपैयाँ रहेको छ।
खरिदमा निःशुल्क इयरबड्स
हुवावेले WATCH GT 7 Pro खरिद गर्ने ग्राहकका लागि सीमित अवधिको विशेष अफर पनि ल्याएको छ। यसअन्तर्गत ग्राहकले ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने HUAWEI FreeBuds SE 2 निःशुल्क प्राप्त गर्नेछन्। यस अफरमार्फत ग्राहकले प्रिमियम स्मार्टवाचसँगै वायरलेस इयरबड्ससमेत प्राप्त गर्न सक्नेछन्।





Comment