काठमाडौं, २६ असार । सेञ्चुरी कमर्सियल बैंकले १० बराबर ४ अनुपातको हकप्रद शेयर निष्काशन गर्ने निश्चित भएको छ । बैंकलाई हकप्रद निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डले स्वीकृत दिएको छ ।
बैंक ले सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपैयाँको एक करोड ८८ लाख ५४ हजार २५७ कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
बैंकको उक्त हकप्रद शेयरको लागि असार २७ गते शेयर धनी पुस्तिका बन्द हुने भएको छ । बैंकको हकप्रदमा असार २६ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउने भएका छन् ।
बैंकले निष्काशन गर्न लागेको ४० प्रतिशत हकप्रद बैंकको २०७३ साल चैत ३१ मा बसेको छैठौं वार्षिक साधारण सभाले पारित गरेको थियो ।
Comment