भेट टाइम्सको आयोजनामा एकदिने चिकेन फेस्टिभल सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भेट टाइम्सको आयोजनामा एकदिने चिकेन फेस्टिभल सम्पन्न



काठमाडौ २६ असार । भेट टाइम्स मिडिया प्रालिको आयोजनामा अायोजित एकदिने चिकेन फेस्टिभल सम्पन्न भएको छ । सोमवार भएको सो फेस्टिभलमा पाटन अस्पतालमा उपचार गरिरहेका विरामी तथा विरामीका कुरुवाहरुलाई पौष्टिक आहारको रुपमा चिकेनको परिकार मन्त्रालयका सचिव डा.युवकध्वज जि.सी.ले वितरण निःशुल्क वितरण गरेका थिए । कुखुराको मासुबाट बन्ने विभिन्न परिकारहरु फेस्टिभलमा वितरण गरिएको हो ।

 


चिकेनको उपभोग बढाउनु र बिरामिको उपचारको साथै बिरामिलाई पोषक तत्वको आवश्यक पर्ने हुनाले यससम्बन्धमा सन्देश दिने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजक भेट टाइम्सका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाईको भनाई छ ।

नेपालमा मासुको प्रयोग स्वस्थकर तरिकाले हुन नसकेको भन्दै प्रसाईले मासु उत्पादकहरुले पनि यस्ता मेला आयोजना गरेर स्वस्थ मासुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिुनभएको छ ।

फेस्टिभलको सह आयोजक पशुपंक्षि बजार प्रवद्र्धन निर्देशनालयका कार्यक्रम निर्देशक बलराम थापाले वार्षिक कार्यक्रम अन्तरगत चिकेन फेस्टिबल गरिएको जानकारी दिए । ।

प्रकाशित : २६ असार २०७४, सोमबार १२:३९