टीचिंगलाई सबै भन्दा राम्रो जागिरको रुपमा लिइन्छ । हरेक व्यक्तीको जिवनका शिक्षक एक महान व्यक्ती हुन्छन । तपाई पनि शिक्षक हुनुहुन्छ ? र टीचिंगको अलावा अरु साइड बिजनेस पनि गर्न चहानुहुन्छ भने तपाईले निम्न कुरालाई अाधार मानेर साईड बिजनेश शुरु गर्न सक्नु हुन्छ
१) घरमा टियुसन पढाउनुस्
शिक्षकले जागर चलाए बच्चाको होम ट्युसन शुरु गर्न सक्छन ।यसबाट निकै राम्रो अाम्दानी हुन्छ । यसका लागि शिक्षकले अाफ्नो बिषयलाई ढाल बनाएर त्यो बिषयको ट्युसन दिन सक्छन । ट्युसन पढाउनका लागि तपाईले २ वा चार घन्टा निकै सहज तरिकाले निकाल्न सक्नु हुन्छ ।
स्कुल र कलेजको कापी जाच्नुस
जो शिक्षक धेरै पढेलेखेको छ उसले साइड बिजनेस जस्तै विभिन्न परिक्षाका कापीहरु जाच्न सक्नु हुन्छ । यसबाट शिक्षकलाई प्रति कापीको हिसाबले रुपैयाँ पाउछन । बोर्ड परिक्षाको कापी जाचेर पनि अाम्दानी गर्न सकिन्छ । अाजभोली नीजी र सरकारी स्कुल र कलेजमा कापी जाच्ने शिक्षकको अावश्यकता धेरै नै भएको पाइन्छ ।
समर क्याम्पमा सहभागि बढाउनुस
पछिल्लो समय समर क्याम्प निकै लोकप्रिय हिसाबले अगाडी बढ्दै गएको छ । प्रायः शिक्षकले निकै रोचक तरिकाले यस्ता कार्यक्रमको अायोजना गरेर विधार्थीबाट नै शुल्क लिन्छन । यसरी काम गर्दा अायमा पनि निकै सुधार अाउने छ । हुन त यस्तो क्याम्प समरमा मात्रै हुन्छ तर अलग अलग स्कुलमा फरक समयमा यस्ता कार्यक्रमहरु हुन्छन । यसमा तपाइले पार्टटाइम काम गरेर राम्रो अाम्दानी लिन सक्नु हुन्छ ।
योगा
अाज भोली जो पनि मान्छे योगाको बारेमा जानकारी राख्छन ।तर योगाको सबै अासनको बारेमा जानकारी नहुन पनि सक्छ । तपाई योगको ज्ञान राख्नु हुन्छ भने यो पनि गतिलो माध्यम बन्छ । किनकि धेरै यस्ता संघ संस्था र मानिसहरु छन जहाँ योगा गरुको खोजी गरिरहेका हुन्छन । योगाको ज्ञान संगै फिजीकल एक्टीभिटीमा समेत रुची राख्ने हो भने तपाई योग गरु पनि बन्न सक्नु हुन्छ ।
Comment