१० लाख रूपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

१० लाख रूपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने



काठमाडौँ, २५ असार । नेपाल राष्ट्र बैंकले अबदेखि १० लाख रूपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्था गरेको छ । आइतबार सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत साउन १ गतेदेखि नै १० लाख रूपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने भएको हो ।

हाल ३० लाख रूपैयाँभन्दा माथिको कारोबारमात्र बैंकमार्फत गर्नुपर्ने व्यवस्था छ । अबको नयाँ व्यवस्थाअनुसार १० लाख रूपैयाँभन्दा माथिका सबै कारोबार एकाउन्ट पेयी चेकमार्फत नै गर्नुपर्नेछ ।

नेपालभित्र अनाैपचारिक आर्थिक कारोबार बढ्दै गएको भन्दै केही समयअघिमात्रै सरकारले १० लाखभन्दा माथिको कारोबार बैंकबाटै गर्नुपर्ने व्यवस्था गरेको थियो । अब १० लाख रूपैयाँभन्दा बढीको कारोबार गर्नुपर्दा त्यसको स्रोत पनि खोल्नु पर्नेछ ।

यस्तै १० लाख रूपैयाँभन्दा माथिको कारोबार बैंकबाटै गर्नुपर्ने व्यवस्थासँगै राष्ट्र बैंकले अब जुनसुकै बैंकमा खाता खोलेको भए पनि अर्को बैंकबाट जम्मा गर्न पाउने नयाँ व्यवस्था गरेको छ । यो व्यवस्थाले गर्दा अब आममानिस पैसा बोकेर आफूले खाता खोलेको बैंक नै खोज्दै हिड्नु पर्दैन ।

यससँगै नेपाल राष्ट्र बैंकले सबै स्थानीय निकायमा अनिवार्य रूपमा शाखा खोल्नुपर्ने, यदि नखोलेमा कारबाही गर्नेसमेत बताएको छ ।

प्रकाशित : २५ असार २०७४, आईतवार १२:३६