राष्ट्रिय सहकारी बैंकको १५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय सहकारी बैंकको १५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम



काठमाडौं । राष्ट्रिय सहकारी बैंकको १५ औं स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरिएको छ । बैंकले स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा ललितपुरको सहयोगमा बैंकका पदाधिकारी, सञ्चालक, कर्मचारी लगायत सहकारीकर्मीहरुले रक्तदान गरेका हुन् ।

बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले रक्तदान गरेर शुभारम्भ गरिएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेको जानकारी दिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सांसद पशुपति चौलागाईले सहकारी बैंकले वित्तीय सेवाका साथै मानवीय सेवामा समेत समर्पित गरेर सहकारी अभियानलाई थप सवल बनाउन मद्दत गरेको बताए ।


उनले सहकारी मार्फत दीगो आर्थिक विकासका लागि यसका सकारात्मक पक्षहरुलाई आम जनता र राज्य सञ्चालकहरु बीचमा पुर्याउन आवश्यक रहेको धारणा राखे ।

२०६० साल असार २५ गते सहकारी विभागमा दर्ता भएको दिनलाई स्थापना दिवसका रुपमा मनाउदै आएको राष्ट्रिय सहकारी बैंकमा ९ हजार २ सय सहकारी संघ÷संस्था सदस्य रहेका छन् भने ८३ करोड शेयर पूँजी १२ अर्व बचत संकलन तथा साढे ८ अर्व ऋण लगानी गरेको जनाएको छ । वैंकका ३७ वटा शाखा रहेका जनाइएको छ ।

२०७४/असार २४ गते प्रकाशित

प्रकाशित : २४ असार २०७४, शनिबार १५:३७