अान्तरिक उडानको हवाई भाडा कति घट्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

अान्तरिक उडानको हवाई भाडा कति घट्यो ?



काठमाडाै २० असार । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएपछि वायुसेवा कम्पनीले अान्तरिक उडानको हवाई भाडा घटाएका छन् । वायुसेवा संचालक संघले बुधबारदेखि लागु हुनेगरी हवाई भाडा घटाएको संघले जनाएको हो ।

नयाँ भाडादर अनुसार हवाई भाडामा लामो दुरीमा २ सय रुपियाँ सम्म घटेको छ । धनगढीको हवाई भाडा १२ हजार १९ रुपियाँ छ । अहिले धनगढीको हवाई टिकटको मुल्य १२ हजार २ सय छ ।

त्यसैगरी, विराटनगरको भाडादर ७ हजार १ सय ४ रुपियाँ छ भने भद्रपुुरको भाडादर घटेर ८ हजार ५ सय ७६ रुपियाँमा आएको छ ।
माउन्टेन फ्लाइटमा यसअघि ११हजार रुपियाँ तिर्दै आएकोमा अब १० हजार ८ सय ६२ मात्रै तिरेहुने भएको छ ।

निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ४ रुपियाँ घटाएर ८४ रुपियाँ कायम गरेको छ ।

प्रकाशित : २० असार २०७४, मंगलवार १०:१४