भिबोर र लुम्बिनीको एकिकृत कारोबार असार २५ बाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भिबोर र लुम्बिनीको एकिकृत कारोबार असार २५ बाट



काठमाडौ २० असार । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स मर्ज पछिको एकिकृत कारोबार असार २५ गतेबाट हुने भएको छ ।

मर्जर पछि लुम्बिनी बिकास बैंकको नामबाट यो संस्थाले कारोबार सुरु गर्ने भएको हो ।

भिबोरको १ सय कित्ता सेयर बराबर लुम्बिनीको ८० कित्ता हुने गरि मर्जर भएको थियो । मर्जरपछि बनेको संस्थाको चुक्ता पुँजी २ अर्ब २६ करोड पुगेको छ ।

राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको यो संस्थाले अझै चुक्ता पुँजी ३४ करोड थप्नु पर्ने भएको छ ।

प्रकाशित : २० असार २०७४, मंगलवार १०:०२