नेप्से र कारोबार रकम दुवै घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से र कारोबार रकम दुवै घट्यो



काठमाडाै २० असार । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ । आज मंगलबार नेस्पे सूचक ३.०१ अंकले घटेर १५४१.२८ को बिन्दुमा आएर रोकिएको छ । आज कारोबारमा आएका कुल १४२ कम्पनीका ६ लाख ६४ हजार २ सय ९१ कित्ता शेयर खरिद बिक्रिबाट ३५ करोड ५९ लाख ७६ हजार ४ सय ९० रुपियाँको कारोबार भएको छ ।

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबै भन्दा धेरै २ करोड ५१ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक, सेन्चुरी बैंक, सानिमा बैंक रहेका छन् ।

आज फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक कमाएका छन् भने सिर्जना फाइनान्सका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।

प्रकाशित : २० असार २०७४, मंगलवार ०९:३९