पूर्णिमा विकास बैंकको ४० प्रतिशत हकप्रद शेयर निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पूर्णिमा विकास बैंकको ४० प्रतिशत हकप्रद शेयर निष्काशन



काठमाडौं, १९ असार । पूर्णिमा विकास बैंकको चार बराबर एकको अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ८ करोड ८० लाख ९६ हजार २८२ रुपैयाँको आठ लाख ८० हजार ९६२ दशमलव ८२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीको शेयरमा जेठ १५ गतेसम्म कायम शेयरधनीले असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हाल ३५ करोड २३ लाख ८५ हजार चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद वितरण पश्चात पूँजी ४४ करोड चार लाख ८१ हजार ४१४ रुपैयाँ पुग्नेछ ।

हकप्रद शेयरमा शेयरधनीले बिक्र िप्रबन्धक सिद्धार्थ क्यापिटल नारायाणचौर नक्साल काठमाडौं, पूर्णिमा विकास बैंक लिमिटेड भैरहवा, रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालय र सिद्धार्थ बैंक लिमिटेडका देशभरीका शाखा कार्यालयबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित : १९ असार २०७४, सोमबार ०५:३२