सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्। बैंकले सिजापतिलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो।

यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आबद्ध रहेका सिजापतिसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव रहेको छ। उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन्।

यसअघिका सीईओ सुयोग श्रेष्ठको कार्यकाल सकिएर उनी बैंकबाट बाहिरिएसँगै सिजापति नयाँ सीईओका रूपमा नियुक्त भएका हुन्।

प्रकाशित : 4 September, 2026 2:26 pm