माछापुच्छ्रे बैंकको हकप्रद साउन ५ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माछापुच्छ्रे बैंकको हकप्रद साउन ५ देखि



काठमाडौं, १९ असार । माछापुच्छ्रे बैंक लिमिटेडले लगानीकर्तालाई १२ प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

बैंकको हकप्रदमा जेठ १६ गतेसम्म कायम शेयरधनीले साउन ५ गतेदेखि भदौ ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५९ करोड ८७ हजार रुपैयाँ रहेको छ । १२ प्रतिशत हकप्रद बिक्रीपश्चात बैंकको चुक्तापूँजी सात अर्ब ३९ करोड पाँच लाख ४४ हजार रुपैयाँ पुग्नेछ ।

बैंकले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हकप्रद माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखा एवं एनएमबि क्यापिटल नागपोखरीबाट शेयरमा आवेदन दिन सकिने जनाइएको छ।

प्रकाशित : १९ असार २०७४, सोमबार ०५:३०