गभर्नरले भने- बजार बढेकाले बैंकहरुले लगानीकोलागि पूँजी बढाउनुको विकल्प छैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गभर्नरले भने- बजार बढेकाले बैंकहरुले लगानीकोलागि पूँजी बढाउनुको विकल्प छैन



काठमाडौं १८ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले स्थानीय तह गठनसँगै गाउँगाउँमा आर्थिक कियाकलाप बढ्ने हुँदा बैंक तथा वित्तीय संस्थालाई अहिलेको पूँजी अपर्याप्त हुने बताए।

नेपालले स्थानीय तह गठनसँगै बजार बढेकाले बैंकहरुको लगानीको क्षेत्र बृद्धि हुने भन्दै बैंक तथा वित्तीय संस्थाले लगानीको लागि पूँजी बढाउनु पर्ने बताए ।

लगानीलाई ब्यापक बनाउँदै जोखिम लिनसक्ने क्षमता बृद्धि गर्न आफूले पूँजी बृद्धिको नीति लिएको गभर्नर डा.नेपालले जानकारी दिए ।

महालक्ष्मी विकास बैंकले यति डेभलपमेन्ट बैंकलाई गाभेर एकिकृत कारोबार सुरु गरेको अवसरमा आइतबार आयोजित कार्यक्रममा नेपालले भने दूई बर्षअघि पूँजी चार गुणाले बढाइयो, स्थानी तहको संरचना तथा संघीय संरचनाका कारण बढेको पूँजी पनि अभाव हुने देखिएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्था को चुक्ता पूँजी बढाउने नीति लिएको थियो जस अनुसार बाणिज्य बैंकले यो आर्थिक वर्षा सम्म चुक्ता पूँजी ८ अर्ब रुपिया पुर्याउनु पर्नेछ ।

राष्ट्र बैंकले नियमनभन्दा पनि सुपरीवेक्षणमा बढि ध्यान दिने बताउदै सञ्चालक समितिले ब्यवस्थापनलाई हस्तक्षेप गर्ने काम बन्द गर्न गभर्नर नेपालले आग्रह गरे।

प्रकाशित : १८ असार २०७४, आईतवार ०८:३१