शेयरबाट राम्रो प्रतिफल चाहानु हुन्छ ? अप्नाउनुस यी तरिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयरबाट राम्रो प्रतिफल चाहानु हुन्छ ? अप्नाउनुस यी तरिका



पैसाकाे लोभ मानिसको स्वाभव मध्येको एक हिस्सा हो । तर कुनै बेले बिना साेचमा नै लगानीको कदम चाल्दा नोक्सान बढ्दै जान्छ । शेयर बजारकै कुरा गर्ने हो भने कति पयको लगानी तिव्र गतिमा प्रतिफल दिन्छ भने कुसैको सोचे भन्दा बढी नै नोक्सानमा पर्ने हुन्छ । यसैले यहाँ कसरी सेयर सुरक्षित र बम्पर कमाइ गर्न सकिन्छ भन्ने बारेमा केही चर्चा गराैँ ।

कम्पनीको व्यापारलाई सम्झनु होस्
धेरै जसो लगानीकर्ताहरु कम्पनी व्यापारिक अवस्थाको बारेमा जानकारी नराखिकन रकम लगाउछन । तर त्यसको व्यापारिक अवस्था बुझदा तपाइले अाफ्नो नाफा र यसबाट हुने दिर्घकालिन फाइदाको बारेमा समेत जानकार हुनु हुने छ । लगानी गर्नु पुर्व कम्पनिको व्यापारिक बिषयमा ख्याल राख्न जरुरी छ ।

महंगो शेयर किन्नु भन्दा पहिले सोच्नुस
कति पय मानिसहरु शेयर बजार तिव्र गतिमा बढ्न थाले पछि खरिदमा केन्द्रीत हुन्छन । कुनै पनि शेयरमा लगानी गर्नु भन्दा अगाडी तपाइले अन्य कम्पनिकाे शेयरको अवस्थामा समेत जानाकारी लिनु अावश्यक हुन्छ । अन्यथा नसोची लगानी गर्दा छोटो समयमा ठूलो नोक्सानी हुने संभावना रहन्छ ।

सानाबाट ठूलो प्रतिफल
कतिपय अवस्थामा सानो लगानी शेयरमा वेवस्ता गरिन्छ । तर यस्ता शेयरमा कयाै गुणा उछालको संभावना रहेको हुन्छ । बजारमा यो भन्ने गरिन्छकी साना शेयरमा लगानी गर्दा कम प्रतिफल अाउछ । तर यस्ता साना शेयरमा लगानी गर्नु निकै सहज हुने छ । यसमा घाटाको संभावना पनि कम रहन्छ ।

हल्लामा नअतालिनुस

कतिपय अवस्थामा सानो सानो खबर अाउन नपाउदै लगानीकर्ताले हतारमा शेयर बेच्छन । यसले लगानीमा सबै भन्दा खराब असर पर्ने संभावना रहन्छ । शेयर बजारमा यस्ता लगानीले मात्रै कमाइ गर्छन ती शेयर किने पछि केही समय होल्डमा राखेका हुन्छन । खराब समाचारले शेयर बजारमा केही समयको लागि अस्थिरता अाउन सक्छ तर लामो समय सम्म असर भने गर्दैन ।

अलग अलग शेयरमा लगानी गर्नुस्

एउटा भनाई छ, सबै अन्डा एउटै टोकरीमा राख्नु हुँदैन । यही हिसाबले यो क्षाेत्रका कम्पनीकाे सेयर पनि अलग अलग कम्पनीको खरिद गर्नु पर्छ । एउटै शेयरमा लगानी गर्दा कम्जोरीको माहोलमा नोक्सान बढी हुने संभावना हुन्छ । त्यसकारण अलग अलग तरिकाले शेयर खरिद गर्न अावश्यक छ किनकी गिरावटको समयमा कम जोखिम हुन्छ ।

प्रकाशित : १८ असार २०७४, आईतवार ०६:४२