सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला, तीन लाख रुपैंयाँ जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला, तीन लाख रुपैंयाँ जरिवाना



काठमाडौं । काठमाडौं अनामनगरस्थित सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैंयाँ जरिवाना तिराएको छ ।


सोमबार ट्रक व्यवसायी महासंघकाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमको खाजामा साङ्ला भेटिएको थियो ।
खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले सिलौटो रेस्टुरेन्टलाई तीन लाख रुपैंयाँ जरिवाना तिराइएको विभागका सूचना अधिकारी डिक बहादुर कार्कीले जानकारी दिए ।


‘सोमबार दिउँसो भएको एक कार्यक्रममा वितरण गरिएको खाजामा किरा भेटिएको उजुरी आएको थियो । हाम्रो अनुगमन टोली किरा भेटिएको पुष्टि गरेपछि तीन लाख रुपैंयाँ जरिवाना गराएका छौं,’ कार्कीले भने ।
साङ्ला वा अन्य किरा फेला परेको हो भन्ने विषयमा रेष्टुरेन्टका संचालकलाई सम्पर्क गर्दा उनी यसबारे बोल्न चाहेनन् ।

प्रकाशित : २९ पुष २०८१, सोमबार १८:५३