एभरेष्ट बैंकको ३३ दशमलव ३३ प्रतिशत हकप्रद शेयर निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंकको ३३ दशमलव ३३ प्रतिशत हकप्रद शेयर निष्काशन



काठमाडौं, १८ असार । एभरेष्ट बैंक लिमिटेड ले तीन बराबरका एकको अनुपात अर्थात ३३ दशमलव ३३ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा एक करोड ५० लाख ८८ हजार ८७ कित्ता बिक्री गर्न लागेको हो ।

बैंकको उक्त शेयरमा असार ६ गतेसम्म कायम शेयरधनीले असार १८ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । हाल बैंकको चुक्ता पूँजी चार अर्ब तीन करोड ५२ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ । बैंकले तीन बराबर एकको अनुपातमा हकप्रद बिक्री गरेपछि बैंकको चुक्तापूँजी छ अर्ब तीन करोड ५द्द लख ३४ हजार ४०० सय पुग्नेछ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड काठमाडौं साथै एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं तथा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित : १८ असार २०७४, आईतवार ०५:२७