सिद्धार्थ बैंकको विशेष साधारणसभा आइतबार, यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकको विशेष साधारणसभा आइतबार, यस्ता छन एजेन्डा



काठमाडौं, असार १७ । सिद्धार्थ बैंकबैंकको विशेष विशेष साधारण सभा असार १८ गते आइतबार हुने भएको छ । जेठ २५ गतेबाट मात्रै चुक्ता पुँजीको ३० प्रतिशत हकपद्र शेयर निष्काशन गरेको बैंकले पून १० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्तावसहित विेशष साधारणसभा बोलाएको छ । बैंकले हाल बिक्रीमा रहेको ३० प्रतिशत हकप्रदपश्चात कायम हुने चुक्ता पुँजीमा फेरि १० प्रतिशत अर्थात् १० बराबर १ अनुपातको हकप्रद शेयर जारी गर्ने जनाएको छ ।
बैंकको जेठ २५ गते बसेको सञ्चालक समिति बैठकले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन उक्त हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।

बैंकले विशेष साधारण सभा प्रयोजनका लागि असार ५ गते शेयर धनी पुस्तिका बन्द गरेको छ । असार ४ गतेसम्म कायम शेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब २५ करोड ८ लाख ५९ हजार ३७५ रुपैयाँ रहेको छ । आज निष्काशन गरेको ३० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १८८ रुपैयाँ पुग्नेछ । त्यस पुँजीमा फेरि १० प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पुँजी ७ अर्ब ५० करोड ८७ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १७ असार २०७४, शनिबार १२:०९