तत्काल काराबोर खोलाऊः धितोपत्र बोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तत्काल काराबोर खोलाऊः धितोपत्र बोर्ड



काठमाडाै १६ असार । नियामक निकाय धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई फ्रन्ट लाइन रेगुलेटर भएकोले तत्काल कारोबार सुचारु हुने व्यवस्था गर्न निर्देशन दिएको छ ।

 

 

धितोपत्र बोर्डले दलाल व्यवसायीहरुको कारोवार प्रणालीमा बिहीवार कुनै मूल्य अंकित नगरेको तथा कारो

वार नगरेको भन्ने जानकारी नेप्सेबाट पाएको भन्दै यसमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

धितोपत्र बोर्डमा नै बिहीवार दलाल व्यवसायीहरु छलफल गर्न भन्दै गएका भएपनि बोर्डले यस बारेमा नेप्सेबाट जानकारी पाएको भन्दै आफ्नो भुमिकालाई भने बिर्सिएको देखिएको छ । बजार सञ्चालक नेप्से र धितोपत्र बोर्ड मिलेर नै यो समस्या समाधानमा लाग्नु पर्नेमा बोर्डले निर्देशन मात्र दिएको देखिएको छ ।

धितोपत्रको दोस्रो बजार कारोवार नहुँदा यसबाट पूँजीबजार, लगानीकर्ता र समग्र अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावको संवेदनशीलतालाई समेत दृष्टिगत गरी दोस्रो बजारको फ्रन्ट लाइन रेगुलेटरको रुपमा नेप्से रहेकोले कारोवार सुचारु हुने व्यवस्था गर्न बोर्डले निर्देशन दिएको हो ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ०५:३५