शेयर ब्रोकरको कमिशन कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर ब्रोकरको कमिशन कति ?



काठमाडाैै १५ असार । धितोपत्र दलालहरुले आजबाट अनिश्चितकालीन शेयर कारोबार बन्द गरेका छन् । धितोपत्र दलालहरुको बिहिबार बिहान बसेको आपतकालीन बैठकले आफ्नो माग पुरा नभएसम्म अनिश्चितकालीन शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । राजश्व विभागले सबै ब्रोकर अफिसमा राजस्वको तुरुन्तै कर चुक्ता गर्न चेतावनी युक्त पत्र काटेको थियो। दलालहरुले लगानीकर्ता बाट लिएको कमिसनबाट कर तिर्नु पर्ने राजश्व बिभागले बताएको हो । तर दलालहरुले आफुले भ्याट नउठाएकै भन्दै कर तिर्न नमानेका हुन् । अहिले ब्रोकरहरु अान्दोलनको मैदानमा यही बिषयलाई लिएर उत्रेका छन । जानाै कस्तो छ कमिसनको अवस्था ,

कति लिन्छन कमिशन

गत साउनमा नेपाल धितोपत्र बोर्डले गरेको प्रस्तावमा केही थपेर अर्थमन्त्रालयले कमिशन कटौति गर्ने निर्णय गरेको थियो । धितोपत्र व्यवसायी नियमावली संशोधन गरेर कमिशन कटौंती गरिएको थियो ।

बोर्डका अध्यक्ष रेवतबहादुर कार्की अाए पछि ब्रोकरको कमिशन ४० प्रतिशतले कटौति गरेका हुन । नेपालका सेयर ब्रोकरले दक्षिण एसियामै सबैभन्दा बढी कमिशन असुल्दै अाएकाे जानकारहरु बताउछन् ।

लगानीकर्ताले अधिकतम ०.६० प्रतिशतका दरले ब्रोकर कमिशन तिर्छन । ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०.६० प्रतिशतका दरले कमिशन तिर्नुपर्छ । त्यस्तै ५० हजार भन्दा माथि पाँच लाखसम्मको कारोबार गर्नेले ०.५५ प्रतिशत, पाँच देखि २० लाखसम्मको कारोबार गर्नेले ०.५० प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेले ०.४५ प्रतिशत र एक करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्नेले ०.४० प्रतिशतका दरले कमिशन तिर्छन् ।

यसरी सुरु भयो कर विवाद

आन्तरिक राजस्व कार्यालयले ब्रोकरहरुलाई कमिसनमा भ्याट तिर्नू भन्दै पत्र काट्यो । महालेखा परीक्षकको कार्यालयले पनि ब्रोकर कमिसनमा भ्याट नलागएको भन्दै यसलाई बेरुजुमा राखेको थियो । सोहि अनुसार अर्थमन्त्रालयले ब्रोकर कमिसनमा भ्याट लगाउने निर्णय गरेको हो । यसमा ब्रोकरले पाउने कमिसनमा १३ प्रतिशत भ्याट लाग्ने हो । सरकारले आर्थिक बर्ष २०६९/७० देखि अहिलेसम्मको भ्याटको रकम बुझाउन ब्रोकरलाई पत्र लेखेको हो।

आन्तरिक राजस्व कार्यालयले सबै ब्रोकर कम्पनीहरुलाई भ्याटमा दर्ता हुनसमेत निर्देशन दिएको छ। त्यस्तै केहि ब्रोकर कम्पनीलाई पुरानो भ्याट, जरिवाना र त्यसमा लाग्ने ब्याज भुक्तानी गर्न पत्र र अन्य ब्रोकरलाई फूल अडिटका लागि पत्र लेखेको छ। सेयर दलालहरुले २०६९ सालदेखि असुल्दै आएको कमिशनबाट भ्याट बुझाउनु पर्ने भएमा एउटै दलालले पाँच करोड रुपैयाँसम्म बुझाउनु पर्ने बताईन्छ । बिभागले नियम कानुनले सेवा शुल्कमा भ्याट लाग्ने स्पष्ट गरेको र बुझाउन ढिलाई गरे जरिवाना र ब्याजसहित असुल हुने जनाएको छ । बजेटमा ब्यवस्थै नगरी कर लगाएको भन्दै ब्रोकरहरुले त्यसको बिरोधमा कारोबार बन्द गर्ने निर्णय गरेका हुन्। शेयर कारोबार भने बन्द भएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहीबार ०९:३८