काठमाडौ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष पद्मनाथ शर्माले पदबाट राजीनामा दिएका छन्। यस विषयमा संस्थाको सञ्चालक समितिको भदौ २ गते बसेको बैठकले अध्यक्ष शर्माले भदौ १ गते दिएको राजीनामा स्वीकृत गरेको हो।
सञ्चालक समितिले शर्माको राजीनामा भदौ २ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरेको जनाएको छ। अध्यक्ष शर्माले आफ्नो पारिवारिक एवम् स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पदबाट राजीनामा पेश गरेका थिए।


Comment