एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर तानसेनमा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

बैंक / वित्त

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर तानसेनमा सञ्चालनमा

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले २०८३ साल भदौ १ गते लुम्बिनी प्रदेशअन्तर्गत पाल्पा जिल्ला तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

नयाँ काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या पाँच पुगेको छ । उक्त काउन्टरमार्फत पाल्पावासीले अत्याधुनिक, सरल तथा सहज बैंकिङ सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

बैंकले ग्राहकको पहुँच विस्तार गर्दै विभिन्न स्थानमा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप एक्सटेन्सन काउन्टर विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

प्रकाशित : २ भदौ २०८३, मंगलबार ११:१४ 18 August, 2026 11:14 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।