राष्ट्र बैंक र बैंक अफ कोरियाबीच वित्तीय विकास सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंक र बैंक अफ कोरियाबीच वित्तीय विकास सम्झौता



काठमाडौं, १३ असार । नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै बैंकका पदाधिकारीबीच सहकार्य गरेर अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

नेपालको वित्तीय क्षेत्रको अनुसन्धान र अनुगमनको कामलाई आधुनिकीकरण गर्नका लागि बैंक अफ कोरियासँग सहकार्य गरेर जाने समझदारी भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए।

बैंक अफ कोरियाले यस अघि पनि नेपाल राष्ट्र बैंकसँग वित्तीय संस्थाका प्राविधिक क्षेत्रका विभिन्न आयामलाई सवलीकरण गर्न सहकार्य गर्दै आएको थियो। नेपालको बैंकिङ प्रणालीलाई आधुनिक बनाउने सम्वन्धमा दुवै बैंकले आवश्यक सुझाव सहितको प्रतिवेदन ६ महिना भित्र तयार पार्ने समझदारी पत्रमा उल्लेख गरिएको छ।

नेपाल राष्ट्र बैंकले बैंकलाई प्रविधिमैत्री बनाउन अन्तर्राष्ट्रिय वित्तीय निकायहरु सँगको सहकार्यलाई जोड दिँदै जाने नीति लिएको छ।

प्रकाशित : १३ असार २०७४, मंगलवार ११:५५