काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८२/८३ को चैथो त्रैमा खुद नाफा २५.३६ प्रतिशत घटेर ६५ करोड ३१ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्तले ८७ करोड ५० लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी २९.प्रतिशत घटेर १ अर्ब २७ करोड ३९ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष लघुवित्तले अघिल्लो वर्षको १ अर्ब ७९ करोड ६३ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा वर्षमा लघुवित्तको कुल सञ्चालन आम्दानी २९.६४ प्रतिशत घटेर १ अर्ब २७ करोड ५४ लाख ४९ हजार रुपैयाँ र सञ्चालन नाफा २७.१३ प्रतिशत घटेर ९३ करोड ७४ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष लघुवित्तले १ अर्ब ८१ करोड २७ लाख ७५ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १ अर्ब २७ करोड ६३ लाख ४४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
असार मसान्तसम्म लघुवित्तको वितरणयोग्य नाफा १ अर्ब ६४ करोड ८४ लाख ५४ हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको ३३.४६ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको देखिन्छ । अघिल्लो वर्ष लघुवित्तको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड ९१ लाख ११ हजार रुपैयाँ थियो भने लाभांश क्षमता ४२.८८ प्रतिशत ।
४ अर्ब ९२ करोड ७१ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोष ४ अर्ब ३३ करोड २८ लाख २० हजार रुपैयाँ र सेयर प्रिमियममा १८ अर्ब २६ करोड ९७ लाख १३ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको निक्षेप तथा सापटि ७.१३ प्रतिशत बढेर २६ अर्ब ३८ करोड १७ लाख ५५ हजार रुपैयाँ र कर्जा ३.१८ प्रतिशत बढेर ३५ अर्ब ३९ करोड २९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षसम्म लघुवित्तले २४ अर्ब ६२ करोड ६८ लाख ९७ हजार रुपैयाँ निक्षेप तथा सापटी लिएर ३४ अर्ब ३० करोड १४ लाख ४७ हजार रुपैयाँ थोक कर्जा लगानी गरेको थियो ।
लघुवित्तको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष २०.२९ प्रतिशत रहेको प्रतिसेयर आम्दानी १३.२६ प्रतिशतमा सीमित भएको छ । यस्तै लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.७२ गुणा छ भने प्रतिसेयर नेटवर्थ २२१.७६ रुपैयाँ रहेको छ ।
लघुवित्तको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष २.६५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर २.९६ प्रतिशत पुगेको छ ।


Comment