लघुवित्त पीडितसँग वार्ता गर्न सहसचिव आचार्यको संयोजकत्वमा समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

लघुवित्त पीडितसँग वार्ता गर्न सहसचिव आचार्यको संयोजकत्वमा समिति गठन



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन्। अर्थमन्त्री वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्। उनले समितिलाई आजै पीडितहरुसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्।

समितिका सदस्यहरुमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्। वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन्।

समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दैछ। सोही बैठकले आन्दोलनरत लघुवित्त पीडितसँग आजै वार्ता सुरु गर्नेछ।

प्रकाशित : 30 July, 2026 12:54 pm